Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इलाम-२ मा उम्मेदवारी घोषणा गर्दै रास्वपा, सम्बोधन गर्न रविसहित शीर्ष नेता इलाममा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज इलाम-२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्ने भएको छ ।

रास्वपाले शनिबार दिउँसो १ बजे इलाम नगरपालिका-७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो ।

रास्वपाले इलाम-२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह-प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रेहको छ ।

आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077