Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसईई परीक्षा : ३१ वटा परीक्षा हलबाट ५ सय थान मोबाइल बरामद

रौतहट । परीक्षा अनुगमन समितिले रौतहटका विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट ५ सय थान मोबाइल बरामद गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीबाट शुक्रबार समितिले ५ सय थान मोबाइल बरामद गरेको हो ।

एसईई परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण बनाउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरूले गौर, चन्द्रपुर, गरुडा लगायत जिल्लाको ३१ वटा परीक्षा केन्द्रबाट ५ सय थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंह सहितको अनुगमन टोलीले उक्त संख्यामा परीक्षा हलबाट मोबाइल बरामद गरेको हो ।

बरामद गरिएको मोबाइल सेटमा सम्बन्धित व्यक्तिहरूको नाम लेखिएको र परीक्षा सकिएपछि फिर्ता गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077