Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लिङ्देन नेतृत्वको राप्रपासँग एकता गरेर दोस्रो गल्ती गर्दिनँ : कमल थापा

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन्।

राप्रपा सत्ता केन्द्रित राजनीतिमा रहेको आरोप लगाउँदै अध्यक्ष थापाले आफू एकतामा नजाने बताएका हुन् ।

अध्यक्ष थापाले राप्रपासँग विगतमा एकता गर्नु आफ्नो गल्ती भएको बताए । उनले फेरि राप्रपासँग एकता गरेर दोस्रो गल्ती गर्न नचाहेको अध्यक्ष थापाको भनाइ छ।

राप्रपा र राप्रपा नेपालबीच यसअघि ६ मंसिर २०७३ मा पार्टी एकता भएको थियो ।

पार्टी एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी बन्यो भने अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा थिए ।

एकता घोषणामा उनले गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए ।

पछि पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेका थापाले पुनः राप्रपा नेपाल ब्यूँताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077