Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अवैध रूपमा भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ पक्राउ

एजेन्सी । भारत प्रवेश गर्न खोजेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

नेपाल हुँदै सिद्धार्थनगर–काकरहवा क्षेत्रबाट अवैध रूपमा उत्तर प्रदेश प्रवेश गर्न लागेका उनीहरूलाई भारतीय सुरक्षाकर्मीले मंगलबार पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा सिचुआनका झोउ पुलिन र ह्वाङजिनबावाकी युआन युहान छन् ।

भारतको सिद्धार्थनगर जिल्लाको नेपाल–भारत सीमा नजिकबाट एसएसबी र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077