Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी समायोजन नभएका कारण प्रदेशहरुले काम गर्न सकेनन्, छिटो प्रक्रिया अघि बढाउछौँ : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजन ऐन जतिसक्दो छिटो अघि बढाउने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सो कुरा बताएका हुन् ।

उनले प्रहरी समायोजन नभएका कारण प्रदेशहरुले काम गर्न नसकेको बताए । तर उनले प्रदेशको औचित्यमा प्रश्न उठ्नुमा भने प्रहरी समायोजन मात्रै कारण नभएको दाबी गरे ।

बैठकमा प्रदेश प्रहरी समायोजन हुन नसकेकाले शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा समस्या परेका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077