Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सुधार भएको छ ।

बिहीबार बजार परिसूचक नेप्से ४.७८ अंकले बढेर २०३५.६४ को बिन्दुमा बन्द भएको हो । सातामा चार कारोबार दिन बजार खुलेकोमा मंगलबार र बिहीबार नेप्से बढेर बन्द हुँदा सोमबार र बुधबार दोहोरो अंकले घटेको थियो ।

बिहीबार बैंकिङ, होटल तथा पर्यटन सहित लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसूचकमा गिरावट हुँदा त्यसबाहेकका सबै उपसूचक बढेका छन् । नेप्सेमा समान्य वृद्धि हुँदा २ अर्ब ६२ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

५३ हजार १ सय ११ कारोबारमा ६५ लाख ४७ हजार ६ सय ३४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

आज भएको कारोबारमध्ये हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशत र सर्वोत्तम सिमेन्टको सेयरमूल्य ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै हिमालयन हाइड्रोपावरको सेयर मूल्य ८.७३ प्रतिशतले बढेको छ ।

उन्नति सहकार्य लघुवित्त र धौलागिरि लघुवित्तको सेयर मूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077