Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीको प्राविधिकतर्फका चारजना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फको डीएसपी पदमा चारजना इन्स्पेक्टर बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको बुधबारको बैठकले प्राविधिकको विभिन्न उपसमूहतर्फका चारजना इन्स्पेक्टरलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा स्वास्थ्य उपसमूह नर्सिङतर्फकी लक्ष्मी थापा, ईन्जिजियरिङ्ग उपसमूह, आवास तथा भौतिक ईन्जिजियरिङ्गतर्फका नितिन लाखे, केनाईन उपसमूहतर्फका चेत नारायण ज्ञवाली र हातहतियार उपसमूहतर्फका सोम प्रसाद पंगेनी रहेका छन् ।

साथै प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह नर्सिङ्गतर्फकी डीएसपी कमला लामालाई सो उपसमूहको एसपी पदमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077