Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका ८ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले ८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राईका अनुसार डीएसपीहरु ढेकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जन दत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बू र विनोद घिमिरेलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको छ ।

लामो समय रोकिएको नेपाल प्रहरीको डीएसपीको बढुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077