Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री रवि र पाकिस्तानी राजदूत हस्मीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हस्मीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा राजदूत अब्रारले नेपाल र पाकिस्तानबीच अपराध नियन्त्रणसम्बन्धी सम्झौता हुन बाँकी रहेका समझदारीपत्रउपर छलफल गर्नेबारे कुराकानी गरेका छन् ।

यस्तै पाकिस्तानबाट क्रिकेटसहितका खेलकुदमा क्लबस्तरमा समन्वय र सहकार्य गरी नागरिकस्तरसम्म असल सम्बन्ध स्थापित गराउनमा जोड दिनुपर्ने उनको भनाई थियो ।

गृहमन्त्री लामिछानेले भर्खर सम्पन्न निर्वाचनले स्थायी सरकार र शान्ति स्थापनामा उल्लेख्य योगदान गर्ने विषयमा आफू विश्वस्त रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077