Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा पार्टी कार्यालय टीकापुरमा बसेको संस्थापक केन्द्रीय समिति र प्रदेश सभा सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

२१ सदस्यीय केन्द्रीय समितिमा बहुमत सदस्य उपस्थित भएर निर्णय गरिएको नाउपाले जनाएको छ ।

नाउपाले केन्द्रमा तयार भएको नयाँ गठबन्धनअनुसार प्रदेशमा पनि जाने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077