Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता गठबन्धनसँग सहकार्य गर्ने नाउपाको निर्णय

कैलाली। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले वर्तमान सत्ता गठबन्धनसँग प्रदेश र केद्र सरकारमा सहकार्य गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा आज टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले उक्त निर्णय गरेको हो ।

नाउपाले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गर्ने निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाले तयारी गरेको छ।

बैठकमा सुदूरपश्चिमका ७ जना सांसदहरु मध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी, विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077