Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कांग्रेस सांसद बडुले भने – सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्छ

    कांग्रेस सांसद बडुले भने – सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 516
    SHARES

    काठमाडौं । ​​​​​नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर सहकारी घोटाला प्रकरणमा छानबिन गर्नुपर्ने बताएका छन् ।

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै बडूले गृहमन्त्रीमाथि छानबिन हुँदा लोकतन्त्र झन् सबल हुने दाबी गरेका हुन् । उनले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्ने बताए ।



    सांसद बडुले भने, ‘सहकारी ठगी प्रकरणमा कति समातिए, कति फरार छन् । धेरै सहकारीमा राखिएको रकम अपचलन भएको छ । पोखरा बुटवलका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोडमा आएको र १ करोड रवि लामिछानेको नाममा आएको भनिएको छ । यसमा छानबिन भइरहेको छ भन्ने छ, यसको छानबिनका लागि उहाँले त्यो छानबिन नकिएसम्म मन्त्रीबाट बाहिर निस्केर सहयोग गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौँं।’



    सांसद बडुले यो व्यवस्थालाई जोगाउने अवसर पनि भएको बताए ।

    गृहमन्त्री लामिछानेविरुद्ध कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी हालेका थिए ।

    सोही उजुरी उपर छलफल गर्न आज समितिले गृहमन्त्री लामिछानेलाई बोलाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार