Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • गृहमन्त्रीलाई राप्रपा सांसद तामाङको प्रश्न – हचुवाका भरमा मान्छे पक्राउ गरेर के गर्न खोजेको ?

    गृहमन्त्रीलाई राप्रपा सांसद तामाङको प्रश्न – हचुवाका भरमा मान्छे पक्राउ गरेर के गर्न खोजेको ?

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 585
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता बुद्धिमान तामाङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई हचुवाका भरमा कसैलाई पक्राउ नगर्न सुझाव दिएका छन् ।

    राज्य व्यवस्था समितिका सदस्यसमेत रहेका तामाङले कृष्णबहादुर महरा पक्राउ प्रकरणलाई उदाहरणमा रुपमा प्रस्तुत गर्दै हचुवाका भरमा कसैलाई पक्राउ नगर्न सुझाव दिएका हुन् ।



    समितिको बुधबार बसेको बैठकमा महरा पक्राउ प्रकरणलाई उदाहरणमा रुपमा प्रस्तुत गर्दै उनले प्रश्न गरे– गर्न खोजेको चाहिँ के हो ?



    तामाङले महरालाई प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याएको र स्वास्थ्य अवस्थाका कारण हस्पिटल पठाइएको स्मरण गराए ।

    तामाङले भने,‘नियतवश मान्छे समात्ने, बेइज्जत गर्ने अनि पछि छाड्ने ! यसरी हचुवाको भरमा काम गर्न भएन ।’

    यस्ता कार्यशैली मान्छेलाई बदनाम गर्ने खालको कुरामात्र भएको उनको भनाइ छ । उनले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले फिर्ता लिएको कि सम्बन्धित व्यक्तिले फिर्ता गरेको भन्ने प्रश्न पनि गरे ।

    बालुवाटार जग्गा काण्डमा कसैले जग्गा फिर्ता गरेकै कारण मुद्दा नचलाइएको जिकिर गर्दै उनले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा पनि उस्तै प्रवृत्ति देखिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार