Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सुशासन समितिको बैठकमा गृहमन्त्री लामिछाने उपस्थित

    सुशासन समितिको बैठकमा गृहमन्त्री लामिछाने उपस्थित

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 417
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका छन् ।

    सहकारीलगायतका विषयमा छलफलका लागि समितिको बोलाएपछि गृहमन्त्री लामिछाने बैठकमा उपस्थित भएका हुन्।



    कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ ।



    बैठकमा सम्बन्धित मन्त्रालयको काम कारबाही र समसामयिक विषयमा मन्त्री समेतको उपस्थितिमा छलफल भइरहेको छ ।

    समितिको बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखलाई पनि बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार