Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारबारे निर्णय लिन नागरिक उन्मुक्तिको बैठक टीकापुरमा

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यहरुको बैठक कैलालीको टीकापुरमा सुरु भएको छ ।

सरकारमा सहभागिताको विषयमा छलफल गर्न नागरिक उन्मुक्ति पार्टीको बैठक बसेको हो ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नाउपाका संस्थापक र सांसदहरुको बैठक बसिरहेको छ ।

बैठकमा संस्थापक २१ जना र सांसद १६ जना सहभागी छन् । संरक्षक रेशम चौधरी भने विदेशमा रहेकाले यो बैठकमा सहभागी छैनन्।

यो बैठकले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे निर्णय लिने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077