Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी पदाधिकारीको बैठक बालुवाटारमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को सरकारी निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकमा वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल हुनेछ । इलाम २ को उपनिर्वाचनमा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ।

गठबन्धनमै रहेको रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ । यस्तोमा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने कि गठबन्धनका उम्मेदवारलाई सघाउने भन्ने विषयमा पदाधिकारी बैठकमा छलफल हुनेछ।

त्यस्तै नयाँ बनेको गठबन्धनमा प्रदेश सरकार भागबन्डाबारे पनि आजको पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077