Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीको पदाधिकारी बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेरमा सुरू हुन लागेको हो ।

बैठकमा वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल हुनेछ । इलाम-२ को उपनिर्वाचनमा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। गठबन्धनमै रहेको रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ।

यस्तोमा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने कि गठबन्धनका उम्मेदवारलाई सघाउने भन्ने विषयमा पदाधिकारी बैठकमा छलफल हुनेछ।

त्यस्तै नयाँ बनेको गठबन्धनमा प्रदेश सरकार भागबन्डाबारे पनि आजको पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077