Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपनिर्वाचनबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

बैठकमा उपनिर्वाचनको तयारी, प्रदेशको भागबण्डा लगायत विषयमा छलफल हुनेछ ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट उम्मेदवारका लागि माओवादी जिल्ला समितिले केन्द्रीय सदस्य धिरेन्द्र शर्मासहित उर्मिला तामाङ, अनिल बराइली, ओम गुरुङको नाम सिफारिस भएको छ ।

यसअघि गठबन्धन दलका मुख्य घटक एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यस्तै सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) र रास्वपाले पनि उम्मेदवार छान्न कसेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077