Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको हो ।

मंगलवार दिउँसो १ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा राजदूत श्रीवास्तवले मन्त्री लामिछानेसँग भेट गरेका हुन् ।

गृह मन्त्रालयको सचिवालयका अनुसार भेटघाटमा दुई देशको ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताको आधारमा दुई देशबीच जनस्तरमा रहेको गहिरो, वृहत् र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको थियो ।

भेटघाटमा दुवै देशबीच रहेको खुला सीमाबीच सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय हुँदा सीमापार अपराध नियन्त्रणमा रहेकोमा दुबै पक्ष सहमत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077