काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई छलफलका लागि बोलाएको छ ।
गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न समितिले गृहमन्त्री लामिछानेलाई बोलाएको हो।
समितिको बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको सुशासन समितिले जनाएको छ ।
सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ।
कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ ।
सम्बन्धित मन्त्रालयको काम कारबाहीको विषयमा सम्बन्धित मन्त्री समेतको उपस्थितिमा छलफल गर्न लागिएको समितिले जनाएको छ ।
Leave a Reply