Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोशीमा एमाले नेतृत्वको सरकार बन्ने उपाध्यक्ष पोखरेलको दाबी

उदयपुर । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार बन्ने दाबी गरेका छन्।

नेकपा एमाले उदयपुरका नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्न उदयपुर पुगेको उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

उनले संवैधानिक जटिलतालाई चिर्दै एमाले नेतृत्वको सरकार बन्ने दाबी गरे। उपाध्यक्ष पोखरेलले नयाँ समीकरणसँगै सात वटै प्रदेश सरकारहरु फेरबदल हुने बताए।

पोखरेलले मुलुकको समृद्धि हासिल गर्न र नेकपा एमालेको संकल्प गरेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न नयाँ समीकरणको सरकार बनेको स्पष्ट पारे।

पोखरेलले नयाँ समिकरणमा को प्रधानमन्त्री कति समयका लागि बन्ने र एमालेले राम्रा मन्त्रालय किन नलिएको भन्ने भन्दापनि मुलुकलाई सकारात्मक दिशाबाट अघि बढाउन एमालेले लचकता अपनाएको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077