काठमाडौं । गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनावश्यक दु:ख नदिन अध्यागमन विभागका कर्मचारीलाई निर्देशन दिएका छन्।
मंगलबार अध्यागमन विभागको निरीक्षणमा गएका गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।
गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा आउँदा अमर्यादित र अभद्र व्यवहार नगर्न निर्देशन दिए।
गृहमन्त्री लामिछानेले अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न कर्मचारीहरुलाई आग्रह गरे ।
विदेशीका लागि अध्यायमन देशको मुहार रहेको उल्लेख गर्दै उनले मुहार नराम्रो भए देशप्रति धारणा सकारात्मक नबन्ने बताए ।
उनले विगतमा भएका घटना र प्रवृत्तिहरु आगामी दिनमा नदोहोर्याउन पनि सम्झाए ।
Leave a Reply