Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लामिछाने र इजरायलका राजदूत गोदरबीच भेटवार्ता

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबिच भेटवार्ता भएको छ ।

उनीहरुबीच सोमबारगृह मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा राजदूत गोदरले गृहमन्त्री नियुक्त भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरे ।

सोमबार गृहमन्त्रालयमा भएको उक्त भेटमा नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति साथै विपिन जोशीको सुरक्षित नेपाल फर्काइ लगायतका विविध विषयमा छलफल भएको थियो ।

गृहमन्त्रीले इजरायल र प्यालेस्टाइनबिचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077