काठमाडौँ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधि प्रदान गरिएको छ ।
यस वर्षको महामूर्ख सम्मेलनमा मण्डललाई महामूर्खको उपाधिले सम्मान गरिएको हो ।
उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान गरिएको छ ।
राजनीति क्षेत्रमा सक्रिय भएर समाजका लागि गर्नुभएको योगदानको कदर गर्दै उहाँलाई महामुर्ख २०८० को उपाधिले सम्मान गरिएको बताइएको छ ।
विभिन्न माध्यमले समाजमा अतुलनीय योगदान गर्ने एक जना व्यक्तिलाई मिनापले होलीको अवसर पारी प्रत्येक वर्ष महामुर्खको उपाधि प्रदान गर्दैआएको छ ।
Leave a Reply