Online Nepal
  • आइतबार, २० असोज २०८१
  • त्रासमा नपरी काम गर्न सचिवहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

    त्रासमा नपरी काम गर्न सचिवहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 426
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानून र राष्ट्रको हित विपरीत कुनै पनि काम नगर्ने बताएका छन्।

    सोमबार सचिवहरूसँगको नियमित बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई नडराई कानूनबमोजिम काम गर्न निर्देशन दिए।  प्रधानमन्त्री प्रचण्डले सुशासन आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘म आफू राष्ट्र र कानून विपरीतको कुनै काम गर्दिनँ । तपाईंहरू पनि यस्तो कार्यमा नलाग्नुहोला।असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कहीं कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु । तपाईंहरू ढुक्कले काम गर्नुस्।’

    प्रधानमन्त्रीले सचिवहरूलाई कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्न पनि आग्रह गरेका छन् ।

    नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए ।

    नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवाप्रवाह गर्न जोड दिंदै प्रधानमन्त्रीले कुनै पनि सरकारी सेवा लिन नागरिकले भोगेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार