Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा १७ अंकको गिरावट, २ अर्बको कारोबार

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

सातामा पहिलो कारोबार दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १७.०१ अंकले घटेर २ हजार ३१.५५ विन्दुमा ओर्लेको हो ।

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । उक्त दिन ४४ हजार २ सय ३६ वटा कारोबारबाट ७० लाख ६१ हजार १२ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत बिहीबार सेयर बजारमा ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये ३७ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय ४ वटाको घट्यो र बाँकी ३ वटाको स्थिर छ ।

शिवम् सिमेन्टको १३अर्ब,सोनापुरको ८ करोड,हिमालयन रिइन्स्योरेन्सको ६ करोड र घोराही सिमेन्टको ५ करोड बढी मूल्यको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077