Online Nepal
  • आइतबार, २० असोज २०८१
  • जसपाका कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त

    जसपाका कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 525
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रतिनिधिसभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। यससँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ।



    उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्री नियुक्त गरी वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालले जनाएको छ ।



    उनी जसपाबाट राज्यमन्त्री बनेका हुन् भने वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहेका छन् ।

    नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गन भएको थियो । जसअनुसार एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार