काठमाडौं । आयरल्यान्ड ‘ए’(वुल्भ्स)विरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।
टस हारेर पहिले बलिङ गरेको नेपालका लागि करण केसीले दोस्रो बलमै आयरल्यान्डका मार्क रिचर्ड एडेयरको विकेट लिएका हुन्।
उनी ४ रन बनाएर बाहिरिए। सोमबार त्रिवि मैदानमा टस जितेर आयरल्यान्डका कप्तान निल रकले पहिला ब्याटिङ गर्ने निर्णय लिए।
आयरल्यान्ड ‘ए’ले १ पहिलो ओभरमा ९ रन बनाएर खेलिरहेको छ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा रहेका छन्।
नेपालले आजको खेलमा अनिल कुमार शाह, विवेक यादव, आकाश चन्द र प्रतिश जि.सी, लाई बेञ्चमा राखेको छ ।
Leave a Reply