Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • शान्ति समाजले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    शान्ति समाजले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 588
    SHARES

    काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

    शान्ति समाजका सभापति रामकृष्ण बरालले सोमवार एक विज्ञप्ति प्रकाशित गर्दै गृहमन्त्री लामिछाने जोडिएको सहकारी घोटालाको निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।



    सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको भन्दै शान्ति समाजले उनले आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ ।



    अध्यक्ष बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन शान्ति समाज आग्रह गर्दछ । नैतिक रुपमा रवि लामिछाने स्वयंले मार्ग प्रशस्त गर्नुपर्दछ ।’

    शान्ति समाजले उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणबाट उन्मुक्ति पाउन सुनकाण्डमा मुछिएका माओवादी नेतालाई उन्मुक्ति दिएको जिकिर गरेको छ ।

    यसैगरी नेपाली कांग्रेसको नेतृत्वको नियत पनि आफ्नो परिवारका सदस्यमाथि कुनै छानबिन नहोस भन्ने सौदावाजीको रणनीतिले प्रेरित भएको घटनाक्रमले देखाएको शान्ति समाजले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार