Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता शिवाकोटीको प्रश्न - प्रचण्ड र ओलीले रवि निर्दोष भन्दा हुकुमी शासनको झल्को आएन र ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि भईरहेको अनुसन्धान प्रधानमन्त्रीले नै दबाउन खोजेको आरोप लगाएका छन् ।

सामाजिक संञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता शिवाकोटीले यस्तो आरोप लगाएका हुन् ।

नेता शिवाकोटीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका अन्य नेताहरुले रवि निर्दोष भएकाले उनी विरुद्ध अनुसन्धान बढाउन मिल्दैन भनेर बोल्दैमा अनुसन्धान रोकियो भने हुकुमी शासनको झल्को आएन र भन्दै प्रश्नसमेत गरेका छन् ।

उनले कम्युनिष्टहरुले भने झै नेपालमा कार्यकारी प्रम वा राष्ट्रपतीय शासन प्रणाली अँगालिएमा संभावित निरंकुशताको अहिले नै पूर्वानुमान गर्न सकिने समेत बताएका छन् ।

नेता शिवाकोटीले सहकारी प्रकरणमा नाम मुछिएपछि गृहमन्त्री रविलाई सीआईबीले समेत छानबिन गर्न नसक्ने गरी प्रधानमन्त्री नै उनको बचाउमा लागेको दाबी गरे ।

नेपाली कांग्रेसले संसद बैठकमा समेत गृहमन्त्री लामिछानेमाथि नक्कली खाता खोलेर जीबी राईसँग मिलेर सहकारीको करोडौं रुपैँया ठगेको आरोप लगाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077