Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठूला दल आफूहरूको घर भत्काइदिने स्याल, हुँडार, बाघ, भालुजस्तै हुन् : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो पार्टीबाट रञ्जिता श्रेष्ठ ११ महिना मन्त्री भए पनि केही काम गर्न नसकेको बताएका छन् ।

आइतबार जापानमा थारु कल्याणकारिणी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले रञ्जिता मन्त्री हुँदा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै काम गरेको आरोप लगाए ।

‘हामीलाई सरकारमा गएर केही गर्न दिनेवाला छैनन्। ११ महिना रञ्जिताजी मन्त्री बन्नुभयो। हाम्रो काम भएन। कांग्रेस, एमाले, माओवादीको मात्रै भयो’, उनले भने ।

साथै ठूला दल आफूहरूको घर भत्काइदिने स्याल, हुँडार, बाघ, भालुजस्तै भएको पनि उनको आरोप छ । ठूला दलले ०८४ सम्म साना दललाई सखाप पार्ने योजना बनाएको रेशमको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077