Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : गृहमन्त्री लामिछाने

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 435
    SHARES

    चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गल्ती गर्ने कसैलाई पनि सरकारले नजोगाउने बताएका छन् ।

    होलीको अवसरमा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले भने, ‘हामीलाई नागरिक बाहेक कसैको मुद्दा काँधमा बोक्नु छैन । त्यसैले गल्ती गर्ने कसैलाई छोड्नेवाला छैनौं, कसैलाई जोगाउन लाग्नेवाला छैनौं ।’



    रास्वपाका सभापतिसमेत रहेका लामिछानेले चुनावमा जनता समक्ष गरेका वाचा र उठाएका मुद्दा नबिर्सिएको पनि बताए ।

    गृहमन्त्री लामिछानेले फाइलमा केहीको नाम आएपछि रोकिएको सुनकाण्ड पुनः ब्यूँत्याएको बताए ।

    उनले अब जुनसुकै विषयमा जोकोही जोडिए पनि नजोगिने बताए । गृहमन्त्री लामिछानेले सरकारमा गएको छोटो समयमा केही परिणाम दिएको दाबीसमेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार