काठमाडौं । ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ नारासहित नेपालमा पनि आइतबार विश्व क्षयरोग दिवस मनाइँदैछ। हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइन्छ।
नेपालमा अझै पनि ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर छन् ।
त्यसकारण क्षयरोग नियन्त्रणका लागि चुनौती रहेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार बिरामी थपिने गरेका छन् ।
उपचारको पहुँचमा आउन नसकेका बिरामीमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका केन्द्रले जनाएको छ ।
Leave a Reply