Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • सवारी दुर्घटनामा परेका कमेडियन बस्याल भेन्टिलेटरमा

    सवारी दुर्घटनामा परेका कमेडियन बस्याल भेन्टिलेटरमा

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । सवारी दुर्घटनामा परेका युवा कमेडियन सुशान्त बस्यालको अवस्था गम्भीर रहेको छ ।

    मध्यपुर ठीमी अस्पतालमा उपचार भइरहेका कमेडियन बस्यालको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले बतायो ।



    बस्याललाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनलाई टाउकोमा गहिरो चोट लागेको थियो ।



    अचेत अवस्थामा रहेका बस्याललाई चिकित्सकले एनेस्थेसिया दिएर २४ घन्टा अब्जर्भेसनमा राखेका थिए । अहिले पनि उनी अचेत नै छन्। बस्याल कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धि हुन् ।

    अहिले प्रशारण भइरहेको तेस्रो सिजनमा उनी प्रोडक्सन टीममा छन् । दुर्घटनामा परेका अन्य तीनजना पनि मध्यपुर ठीमी अस्पतालमा उपचाररत छन् ।

    हिजो बिहान ३ बजेतिर नगरकोटबाट फर्किदै गर्दा निर्देशक विशाल भण्डारीसहित ६ जना चढेको कारले विपरित दिशामा रोकिएको टिप्परलाई ठक्कर दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार