Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका ४२ हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस [सूचीसहित]

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहका ४२ प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले ४२ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको हो ।

प्रकाशित सूचीमा प्राविधिक प्रहरी समूहका इन्जिनियर उपसमूह, संगित उपसमूहतर्फ, स्वास्थ्य उपसमूह अन्यतर्फ, केनाईन उपसमूहतर्फ र सवारीतर्फका प्रहरी हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ ।

जसमा इन्जिनियर उपसमूहमा ९ जना, संगीत उपसमूहमा २२, केनाईन उपसमूहमा ७, स्वास्थ्य उपसमूहमा ४ जना रहेका छन् ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077