Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीका सईलाई ६ महिना कैद

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको अभियोग लागको नेपाल प्रहरीका नायब निरीक्षक (सई) लाई ६ महिना कैद सजाय भएको छ ।

सई राजनसिंह भण्डारीलाई विशेष अदालतले दोषी ठहर गरी सजाय सुनाएको हो । भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जेठ २०७७ मा मुद्दा दायर गरेको थियो।

भण्डारीले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषदबाट शैक्षिक योग्यताको झुठा प्रमाणपत्र लिएको दाबीमा अदालतले ठहर गरेको हो ।

नक्कली प्रमाणपत्रका आधारमा उनी असईमा भर्ना भएका थिए । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायणसिंह राईको इजलासले भण्डारीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077