Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरोप पठाउने भनेर काठमाडौं ल्याएर बन्धक, चार बंगलादेशी पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाउने भनी बङ्गलादेशदेखि काठमाडौँ ल्याएर बन्धक बनाउने चार बङ्गलादेशी नागरिकलाई पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार क्यानडा, इटाली लगायतका देशमा पठाउने भनी बङ्गलादेशबाट नेपाल ल्याएर बन्धक बनाउने बङ्गलादेशका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ पकनाजोलस्थित निभाना ग्रिन होम नामक होटलको कोठामा राखी पीडितबाट पासपोर्ट नियन्त्रणमा लिएर विभिन्न किसिमका धाकधम्की, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न पनि नदिएको खुलेको छ ।

प्रहरीका अनुसार बङ्गलादेश ढाका घर भएका बङ्गलादेशी नागरिक ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एम डी मासुम बिल्लाह, ३१ वर्षीय सामिम अहमद र ३३ वर्षीय प्रणय कुमार देलाई पक्राउ परेका छन्।

पीडितलाई सकुशल उद्धार गरिएको र पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077