Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिरासतमा बस्नुपर्नेलाई अस्पताल जानबाट रोक्न गृहमन्त्री रविले थाले परामर्श

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्ति बढेपछि गृहमन्त्री रविले छलफल थालेका हुन् ।

काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा आमन्त्रण गरी मन्त्री लामिछानेले स्वस्थ व्यक्तिसमेत हिरासत छल्न अस्पतालमा बस्ने प्रवृत्ति बढेको बताए ।

सो विषयमा उनले काउन्सिलका पदाधिकारीसँग सुझाव मागेको बताइएको छ । छलफलमा काउन्सिलका सदस्य डा. कुञ्जाङ शेर्पा, डा. रूपक घिमिरे, डा. प्रणयरत्न शाक्य र डा. कालुसिंह खत्री सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077