Online Nepal
  • आइतबार, २० असोज २०८१
  • संक्रमणकालीन न्याय टुंग्याउनेबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

    संक्रमणकालीन न्याय टुंग्याउनेबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 468
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

    शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनीहरूबीच छलफल भएको हो ।



    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच पाँच दलीय गठबन्धनले सरकार सञ्चालनका लागि सार्वजनिक गरेको न्यूनतम नीतिगत र साझा संकल्प,संक्रमणकालीन न्याय, वैशाख १५ मा हुने उपनिर्वाचन,संसदको अवरोध हटाउनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बाह्य रहेका राजनीतिक दलहरूलाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल भएको थियो । आजै बिहान बालुवाटारमा चार दलीय मोर्चाको बैठक बसेको थियो।

    बैठकमा नेकपा एमालेलाई पनि मोर्चामा सहभागी गराउनेबारे छलफल भएको थियो। मोर्चामा एमालेलाई सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई जिम्मा दिएको छ।

    प्रधानमन्त्री प्रचण्डले यसबारे अध्यक्ष ओलीलाई बताएका थिए। तर, ओलीले मोर्चामा सहभागी हुने/नहुनेबारे स्पष्ट जवाफ नदिएको स्रोतले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार