Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णाली सरकारको नेतृत्व एमालेले लिनुपर्छ : महासचिव पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कर्णालीमा प्रदेश सरकारको नेतृत्व एमालेले लिनुपर्ने बताएका छन् ।

एमाले सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले बदलिँदो राजनीतिक समीकरणसँगै कर्णालीको नेतृत्व एमालेले गर्ने दाबी गरे ।

महासचिव पोखरेलले भने,लामो समयसम्म माओवादीले नेतृत्व गरिसक्यो, अब एमालेको नेतृत्व माआवादीले स्वीकार गर्नुपर्छ । एमालेको कर्णालीमा परीक्षण हुन बाँकी छ ।'

मधेश र कर्णालीबाहेक बाँकी ५ प्रदेशमा एमालेले सरकारको नेतृत्व गरिसकेको छ । प्रदेश सरकारको नेतृत्वका लागि कर्णालीका नेताहरू केन्द्रमा धाउन आवश्यक नरहेको उनको तर्क थियो ।

विगतको गठबन्धन सरकारले नेपालको वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई पोषण गर्ने प्रयत्न अपनाएकाले अर्थतन्त्र संकटमा परको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077