काठमाडौं । राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा सरकारले चारजनालाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रीपरिषद वैठकले उनीहरुलाई नियुक्त गरेको हो ।
मन्त्रिपरिषद् बैठकले संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।
नयाँ सत्ता समीकरण बनेसँगै यसअघिका सदस्यहरूले राजीनामा दिएसँगै आयोगमा सदस्य पद रिक्त थियो ।
Leave a Reply