Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीका डीएसपीद्वय चन्द र बरालको सरुवा

कैलाली । कैलालीमा कार्यरत दुईजना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार डीएसपीद्वय कुलदिप चन्द र गणेश बहादुर बरालको सरुवा भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डीएसपी चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयमा पठाइएको छ ।

उनको स्थानमा जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कबिन्द्र सिहं बोहरा आउने भएका छन् ।

यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यररत डीएसपी बरालको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी, अन्वेषण योजना शाखामा गरिको छ ।

उनको स्थानमा वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा कार्यरत गंगा बहादर थापा आउने भएका छन् । उनीहरुसँगै प्रहरी प्रधान कार्यालयले बुधबार १४१ डीएसपीको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077