Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • गृहका कर्मचारीलाई रविको निर्देशन – सेवा प्रवाहमा तत्काल सुधार गर्नू

    गृहका कर्मचारीलाई रविको निर्देशन – सेवा प्रवाहमा तत्काल सुधार गर्नू

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 864
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकमा व्यावहारिक अनुभूति गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न गृहका कर्मचारीलाई निर्देशन दिएका छन् ।

    सरुवा भई विभिन्न जिल्ला तथा निकायमा जान लागेका गृहका अधिकारीलाई आज सिंहदरबारमा आयोजित कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।



    गृहमन्त्री लामिछानेले सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्ने भएकाले आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्वको सञ्जाल तोड्न पनि आग्रह गरे ।



    सेवा प्रवाहमा तत्काल सुधार गरी गुण्डागर्दी, तस्करी, राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न पनि उनले आग्रह गरेका छन् ।

    राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न चेतावनी दिँदै उनले आज्ञापालक होइन, सिर्जनशील प्रशासक बन्न र नागरिकलाई सम्मान दिन पनि अनुरोध गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार