Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कैलालीमा भेटियो विस्फोटक पदार्थ

    कैलालीमा भेटियो विस्फोटक पदार्थ

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 789
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीको हाटखोलीमा विस्फोटक पदार्थ भेटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार बिहान गोदावरी नगरपालिका–४ को हाटखोलीमा विस्फोटक पदार्थ भेटिएको हो ।



    नेपाली सेनाले प्रयोग गर्ने टुईन्च मोटर बम फेला परेको कैलाली प्रहरीले जनाएको छ । स्थानीयले हाटखोलीस्थित खोलामा टुईन्च मोटर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



    प्रहरीले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली मगाएको थियो । उक्त बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको बताइएको छ ।

    सो क्षेत्रमा नेपाली सेनाले तालिम गर्ने गरेको बताइएको छ । सोही क्रममा बम हराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार