Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • नेपालले खर्च गर्ने क्षमता बढाउन आवश्यक छ : अर्थमन्त्री पुन

    नेपालले खर्च गर्ने क्षमता बढाउन आवश्यक छ : अर्थमन्त्री पुन

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 459
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारको खर्च गर्ने क्षमतामाथि प्रश्न गरेका छन्।

    प्रतिनिधिसभामा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा सांसदहरुले राखेको प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।



    अर्थमन्त्री पुनले खर्च गर्ने पैसा दातृ निकायहरू स्रोत व्यवस्थापनका लागि तयार भए पनि नेपाल आफैँले खर्च गर्न नसकेर कमजोर बनेको बताए ।



    अर्थमन्त्री पुनले अहिले पनि दातृ निकायहरूले दिने रकम ५ खर्ब माथि रहेको बताउँदै नेपालले खर्च गर्ने क्षमता बढाउनुपर्ने बताए ।

    सांसदमा बोल्दै निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले विदेशी दातृ निकाय तथा मुलुकहरूले ६ खर्ब माथिको लगानी प्रतिबद्धता गरे पनि ल्याउन नसकिएको भन्दै गठबन्धन सरकारले कसरी ल्याउन सक्छ हेरौँला भनेर जिज्ञासा राखेका थिए ।

    महतको सोही जिज्ञासामाथि जवाफ दिँदै अर्थमन्त्री पुनले भने, ‘लगानी ल्याउने होइन खर्च बढाउने हो । अहिले पनि दातृ निकायहरू लगानी दिन तयार छन् । तर हामीले खर्च बढाउनुपर्‍यो।’

    सोही अवसरमा अर्थमन्त्री पुनले बजेट बनाउँदा खर्च व्यहोर्ने राजस्वको स्रोत बढी राख्ने तर उपलब्धि कम हुने गरेकाले समस्या आइरहेको बताए ।

    वार्षिक राजस्व वृद्धिको स्थिति २०–२२ प्रतिशत भए पनि सरकार बढी महत्वकांक्षी भएर ४० बढीको लक्ष्य राख्दा समस्या आएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार