Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा ३ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३.३४ अंक घटेको छ ।

सो अंकको गिरावटपछि नेप्से २०६३.९५ अंकमा कायम भएको छ । आज कारोबार भइरहँदा नेप्से अधिकतम २०८४ अंकसम्म पुगेको थियो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडमा खुम्चियो ।

कुल ९४ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने ४ को स्थिर रह्यो ।

गोर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

हालै सूचीकृत सर्वोत्तमको मूल्य प्रतिकित्ता ६७२ रुपैयाँ ७० पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077