Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • पाँचथरमा चट्याङ लागेर सहायक हवल्दारको मृत्यु

    पाँचथरमा चट्याङ लागेर सहायक हवल्दारको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    पाँचथर । चट्याङले लागेर पाँचथरमा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

    प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।



    प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।



    चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए ।

    थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्‍याएको भएपनि चिकित्सकले करिब राति १२ बजे माझीलाई मृत घोषित गरेका थिए ।

    प्रहरी सहायक हवल्दार माझी साँझको गस्ती गरिरहेका बेला हावाहुरीसहित पानी परेपछि कार्यालय फर्किएर चौकीको ढोकामा उभिएको अवस्थामा चट्याङको झड्का लागेको थियो ।

    मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका ३५ वर्षीय माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार