Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

सचिवालय बैठक बुधबार दिउँसो २ बजे पार्टी कार्यालय आलोकनगरमा बोलाएको हो ।

सचिवालय बैठकमा महाधिवेशन केन्द्रित विषयका साथै उपनिर्वाचनमा पार्टीले उम्मेदवार उठाने नउठाउनेबारे छलफल हुनेछ ।

बैशाख १५ गते इलाम २ र बझाङ प्रदेश १ मा उपनिर्वाचन हुँदैछ । एकीकृत समाजवादीले आगामी जेठ पहिलो साता दसौँ राष्ट्रिय महाधिवेशन गर्दै छ ।

महाधिवेशनमा पेस गर्ने दस्ताबेज तयार गर्न शीर्ष नेता सम्मिलित ‘दस्ताबेज मस्यौदा समिति’को बैठक चैत ६ गतेबाट बसिरहेको छ ।

१० गतेसम्म बस्ने बैठकले दस्ताबेजलाई अन्तिम रूप दिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077