Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • परराष्ट्रमन्त्री श्रेष्ठले भने – शिक्षामा राज्यले लगानी बढाउनुपर्छ

    परराष्ट्रमन्त्री श्रेष्ठले भने – शिक्षामा राज्यले लगानी बढाउनुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 525
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने बताएका छन् ।

    शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको १८औँ ‘नेशनल एजुकेसन अवार्ड’ कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।



    परराष्ट्रमन्त्री श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिए।



    परराष्ट्रमन्त्री श्रेष्ठले शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम नै बिग्रने भएकाले शिक्षाका भौतिक पूर्वाधार तथा प्रविधि विकास र सामयसापेक्ष पाठ्यक्रम तर्जुमाका लागि लाग्नुपर्ने बताए।

    उनले गुणस्तरीय शिक्षाका लागि क्षमतावान् शिक्षक राखिनुपर्ने र शिक्षकलाई मर्यादा, प्रतिष्ठाका साथै सुविधा दिनुपर्ने बताउँदै शिक्षालयमा शिक्षालयहरूमा योग,ध्यानको अभ्यास सँगसँगै गराउन सुझाव दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार