Online Nepal
  • बुधबार, १० पुष २०८१
  • गृहमन्त्री रवि र अर्थमन्त्री वर्षमानलाई बर्खास्त गर्न माग गर्दै नेविसंघको राँके जुलुस

    गृहमन्त्री रवि र अर्थमन्त्री वर्षमानलाई बर्खास्त गर्न माग गर्दै नेविसंघको राँके जुलुस

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई बर्खास्त गर्न माग गर्दै राँके जुलुस निकालेको छ ।

    नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले मंगलबार साँझ पाटन क्याम्पस गेट अगाडि नाराबाजीसहित राँके जुलुस निकालेको हो ।



    वर्तमान सरकारका मन्त्रीहरू सहकारीको रकम अपचलन, सुन तस्करी, दोहोरो नागरिकतासहितका काण्डमा मुछिएकाले विरोधस्वरूप राँके जुलुस निकालिएको नेविसंघले जनाएको छ ।



    काण्डैकाण्डमा मुछिएका मन्त्रीहरू बर्खास्त नगरिए नेविसंघ निरन्तर सडक आन्दोलन जारी राख्ने बताइएको छ ।

    यता कांग्रेसले पनि संसद्‌मा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । गृहमन्त्री रवि लामिछाने सहकारी पीडक भएको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छ ।

    रविबारे प्रधानमन्त्री पुष्पकमल दाहाल आज सांसदसँगको प्रश्नोत्तर अघि सहकारी ठगी प्रकरण र गृहमन्त्री लामिछानेमाथि उठेका प्रश्नहरूको जवाफ दिए । तर प्रधानमन्त्री प्रचण्डको जवाफमा चित्त नबुझिएको भन्दै कांग्रेसले लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको हो ।

    प्रधानमन्त्री प्रमाण छैन भनेर बोलेकोमा आपत्ति जनाउँदै प्रमुख सचेतक रमेश लेखकले पीडितले दिएको जाहेरी, पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन र स्वयं लामिछानेले सरकारी अड्डामा गरेको कागजात बाहिर आइसक्दा प्रधानमन्त्रीले कस्तो प्रमाण खोजेको हो भन्दै प्रश्न गरे । लामिछानेबारे छानबिनको माग गर्दै कांग्रेसले संसद्मा नियमित रुपमा आवाज उठाइरहेको छ ।

    यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मंगलबार धनगढीमा पत्रकारहरूसँगको कुराकानीमा लामिछानेको कुनै सहकारी नभएको बताएका थिए । लामिछानेले नयाँ समीकरण बनाउन कांग्रेसलाई साथ नदिएकाले बदनाम गर्न खोजेको ओलीको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार